काठमाडौं, ३० जेठ । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमा नै निधन भएको हो ।
उनले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका थिए । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उनी अझ चर्चित बन्नुभएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । उनको जन्मघर खोटाङको लामिडाँडा हो ।
उनको आजै पशुपतिमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम गरिने कलाकार दीपाश्री निरौलाले जानकारी दिईन् ।
Comments