२७ बैशाख । बलिउड अभिनेत्री नेहा धूपिया विवाहबन्धनमा बाधिएकी छिन् । सोनम कपूरको बिवाहपछि उनले विवाह गरेकी खबर बाहिरिएको छ । नेहाले भारतका क्रिकेटर बिसन सिंह बेदीका छोरा अंगद बेदीका साथ विवाह गरेकी हुन । नेहा र अंगदले आफ्नो इन्स्टाग्राम मार्फत विवाहको तस्बिरसहित आज विवाह गरेको खुलासा गरेकी छिन् ।
नेहाले उनको इन्स्टाग्राम मार्फत आफूले विवाह गरेको खबर सार्वजनिक गरेकी हुन । विवाहको फोटोसहित नेहाले लेखेकी छिन, ‘मेरो जीवनको सही निर्णय, आज मैले मेरो मिल्ने साथीसँग विवाह गरेँ ।’ उनका नवविवाहित दुलहा अंगदले पनि ‘मिल्ने साथी र अहिले श्रीमती’ क्याप्सन राखेर फोटो सार्वजनिक गरेका छन । फोटोमा श्रीमती बेदी लेख्दै नेहालाई ट्याग गरेका छन् । (एजेन्सी)
गरिन अभिनेत्री नेहा धूपियाले विवाह
0
Share.
Comments