भारत, २२ चैत । भारतको जोधपुर अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा दोषी ठहर गरेको छ ।
सन १९९८ मा चलचित्र ‘हम साथ साथ है’ को सुटिङको सिलसिलामा राजस्थानमा सलमान खान र उनको समुहले कालो हरिण मारेको अभियोग छ । सलमानबिरुद्ध आर्म एक्ट अनुसार मुद्दा दर्ता भएको थियो ।
उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने यो मुद्दाका सह–आरोपी रहेका सैफ अलि खान, तब्बु, सोनाली र नीलमलाई भने शंकाको लाभको आधारमा दोष मुक्त गरिएको छ । मुद्दाको पेशीको लागि सबै आरोपीहरु हिजो जोधपुर गएका थिए ।
खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ । तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन् ।
सलमान खान कालो हरिणको सिकार काण्डमा दोषी ठहर
0
Share.
Comments