काठमाडौं, २१ चैत । फिल्म ‘डमरुको डण्डीबियो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आज युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने डण्डीबियो खेलको पुनस्स्थापनामा लागिपरेको देखिन्छ । फिल्म खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम, अवरोध, रोदन, द्वन्द्व सबै समेटिएको छ । ट्रेलर कमर्सियल बनाईएको छ ।
२१ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपु कोइच सुनवार, नमिता घिसिङलगायतका कलाकारको अभिनय छ ।
समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई छेतन गुरुङले निर्देशन गरेका छन् । नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।
Comments