काठमाडौं, २७ मंसिर । स्वेता खड्काले आफ्नो चलचित्र ‘कान्छी’को रिलिज मिति एक हप्ता पछाडी सरेकी छिन् । युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ र श्वेता खड्का र दयाहाङ राई स्टारर फिल्म ‘कान्छी’ एकसाथ माघ २६ गते प्रदर्शन हुने भएपछि उनले एक हप्ता पछाडी सरेकी हुन् । अब ‘कान्छी’ फागुन ४ मा प्रदर्शन हुने भएको छ । अनमोल केसीको ‘कृ’ भने माघ २६ गते मै सार्वजनिक हुनेछ ।
जुध्दा दुवै सिनेमालाई घाटा र सिंगल रिलिज हुँदा दुवै सिनेमालाई फाईदा हुने देखिएपछी ‘कान्छी’ टिम डेट परिवर्तन गरेको हो । आकाश अधिकारी निर्देशित सिनेमा गीत सार्वजनिक गरेसँगै चर्चा आएको हो । दयाहाङ राई र स्वेता खड्का फिचरिङ गीतले छोटो समयमै ५० लाख बढी भ्युज प्राप्त गरिसकेको छ । त्यस्तै भुवन केसीले नै निर्माण गरेको ‘कृ’ लामो समय देखिको प्रतिक्षारत चलचित्र हो । अनमोलको लामो समय ग्याप भएका कारण पनि ‘कृ’बाट सिनेमा क्षेत्र निक्कै आशावादी छ ।
स्वेताको ‘कान्छी’ अब फागुन ४ गते आउने
0
Share.
Comments