काठमाडौं, २ भदौ । आजबाट दुई नेपाली फिल्म ग्याङ्गस्टर ब्लूज र भूइँमान्छे प्रदर्शनमा आएका छन् । दुई फरक स्वादका नेपाली फिल्म आजबाट देशव्यापी प्रदर्शनमा आएका हुन् । यी दुवै मल्टिप्लेक्स केन्द्रित फिल्म हुन् ।
ग्याङ्गस्टर कथामा आधारित भएर निर्माण भएको फिल्म ग्याङ्गस्टर ब्लूज र शव चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित फिल्म भूइँमान्छेले दर्शकलाई हलसम्म कतिको आकर्षण गर्लान् त्यो त पछि थाहा होला ?
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।
यस्तै लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म ग्याङ्गस्टर ब्लूजमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
आजबाट ग्याङ्गस्टर ब्लूज र भूइँमान्छे प्रदर्शनमा
0
Share.
Comments