भक्तपुर, ६ असार । गायिका कोमल वलीको नयाँ तीज गीत सार्वजनिक भएको छ । उनको म त नाँच्दिन क्यारे भन्ने गीत सार्वजनिक भएको हो । यो गीतमा वली दिदीबहिनी कोमल र प्रज्ञा वलीको स्वर रहेको छ ।
हालमात्रै सार्वजानिक भएको म त नाँच्दिन क्यारेको शब्द सङ्कलन एकनारायण भण्डारीको रहेको छ । गीतमा दिदीबहिनी कोमल र प्रज्ञा वलीको शब्द रहेको छ । पवित्रा आचार्यले भिडियोको निर्देशन गरेकी हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा कोमल र प्रज्ञाको साथमा सुनिल र शरदले अभिनय गरेका छन् । यस गीतलाई कोमल वलीले आफ्नै युट्युब च्यानल मार्फत सार्वजानिक गरेकी छिन् ।
यसका साथै पशुपति शर्मासँग लास्टै चोटी हो भाग २, ओइ शिव ओइ मलाइ चाहिँदैन पोइ लगायतका गीतहरु आउन लागेको उनले जानकारी दिइन् ।
कोमल वलीको नयाँ तीज गीत म त नाच्दिँन क्यारे सार्वजनिक (भिडियो सहित)
0
Share.
Comments