काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले तमिल फिल्म ‘विक्रम बेधा’को बलिउड रिमेक नगर्ने भएका छन् ।
बलिउड हङ्गामाको एक रिपोर्टअनुसार सुरुमा ऋतिकले ‘विक्रम बेधा’को रिमेक गर्ने निर्णय लिए पनि लकडाउनका कारण फिल्मको काम अगाडि बढ्न नसकेपछि ऋतिकले फिल्मबाट हात झिकेका हुन् । त्यसो त ऋतिकको पाइपलाइनमा थुप्रै फिल्महरू छन् । तर उनले कुन फिल्म गर्ने वा नगर्ने निर्णय लिएका छैनन् ।
सुरुमा ऋतिक अभिनेत्री दीपिका पादुकोणसँग फिल्म ‘फाइटर’को सुटिङ गर्ने छन् । त्यसपछि उनी ‘क्रिस ४’ को सुटिङमा व्यस्त हुने छन् । यही कारण उनले ‘विक्रम बेधा’को बलिउड रिमेकबाट हात झिकेको भारतीय मिडियामा उल्लेख छ ।
प्रकाशित मितिः २०७८ बैशाख २९ बुधबार
Comments