भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ३७६ पुगे

0

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप १५५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ३७६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ८९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ५५ हजार ४३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख १६ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

Comments

comments

Share.
Loading...

Comments