शक्ति प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

0

काठमाडौं । आज काठमाडौंमा नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनका कारण यहाँको ट्राफिक व्यवस्थापन कतै अस्तव्यस्त बनेको छ भने कतै सुनसान बनेको छ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ उतारेपछि सार्वजनिक र निजी सवारीलाई ट्राफिक प्रहरीले ठाउँठाउँमा रोकेको छ । जसका कारण कतै सडक सुनसान छन् भने कतै अस्तव्यस्त भएको छ ।

भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको छ भने ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको छ । कलंकी क्षेत्रबाट आएका त्रिपुरेश्वरमा रोकिएको छ । त्रिपुरेश्वरबाट रोकिएकालाई थापाथलीमा रोकिएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको थियो ।

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिएको छ ।

प्रकाशित मितिः २०७७ माघ ९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments