चिसो बढ्ने क्रम जारी

0

काठमाडौँ । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ । तापक्रम कम हुने क्रम जारी रहेकाले चिसो बढ्दै जाने उनले बताए । शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार

Comments

comments

Share.
Loading...

Comments