भोलिदेखि भक्तपुर जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द (सूचनासहित)

0

भक्तपुर  । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो ।

‘कात्तिक २ देखि भक्तपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेको छ भने हालसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन ।

सूचना:

प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार

Comments

comments

Share.
Loading...

Comments