केहि स्थानमा भारी बर्षाको सम्भावना सर्तक रहन आग्रह

0

काठमाडौँ । आज बुधबार देशभरको मौसममा सामान्य बदली रहने छ भने अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १ र गण्डकीका एकरदुई स्थानमा भने भारी वर्षा भएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको छ।

आगामी २४ घण्टा प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments