काठमाडौंमा साढे तीन लाखसहित २१ जुवाडे नियन्त्रणमा

0

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार ३ जना रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

शनिबार तीन बजे महानगरीय प्रहरी वृत्त, महाराजगन्जबाट खटिएको टोलीले चक्रपथ नारायणगोपाल चोकस्थित एक घरबाट ३ लाख ८ हजार ५ सय रुपैयाँसहित १२ जनालाई पक्राउ गरेको हो।

त्यस्तै, महानगरीय प्रहरी वृत्त, कालिमाटीले बाफलस्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटीका दिनेश भट्टचनसहित ३ जनालाई नगद १३ हजार ५० रुपैयाँसहित नियन्त्रणमा लिएको छ।

साथै, महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका(३२ गार्डेन चोकस्थित टहराबाट नवलपरासी कावासोतीका राम गुराँउसहित ६ जनालाई ३५ हजार ८ सय ३० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यी तीन वटै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

प्रकाशित मितिः २०७७ साउन १८ आइतबार

Comments

comments

Share.
Loading...

Comments