बबई नाका हुँदै १ हजार ९ सय ३० जना नेपाली आए

0

सुर्खेत । भारतबाट १९ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार बबई नाका हुँदै १ हजार ९ सय ३० जना नेपाली बिहीबार स्वदेश फिरेका छन् ।

नेपाल आएकाहरूमा दैलेखका ८ सय २९ जना, सुर्खेतका ४ सय ९६, सल्यानका ४ सय ५८, जाजरकोटका ८१, कालिकोटका ५४ र जुम्लाका ११ जना छन्।

उनीहरुलाई आरडीटी परीक्षण गरी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले जानकारी दिए। भारतबाट आएकाहरुको बबई, सुर्खेत, दैलेख र सुर्खेतका सीमावर्ती क्षेत्रमा आरडीटी गरिनेछ ।

प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments