बिश्व साइकल तथा पैदल यात्रा सूचारु गर्दै मिश्र र खत्री

0

भक्तपुर । बिश्व साइकल तथा पैदल यात्री अजय मिश्र र भगत खत्रीले कोभिडको समयमा स्थगन गरेको यात्रालाई पुन सञ्चालन गर्न लागेको बताएका छन् ।

आज रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा उनीहरुले १०० देशको याात्रा पश्चात स्थगित गरेको यात्रालाई पुन सञ्चालन गर्न लागेको बताएका हुन् ।

साइकल तथा पैदल यात्रा नभएर मात्र आफूहरुले असाहय बिद्यार्थीहरुलाई देशका बिभिन्न जिल्लाहरुम पुगेर प्रत्यक्ष सहयोग गर्दै आएको मिश्रले बताए ।

देश बुझ्दै जाँदा आफूहरुले देखेको र भोगेको, शिक्षा क्षेत्रमा असाहय बिद्यार्थीहरुको पहुँच नपुग्दो अवस्थालाई मध्यनजर गर्दै आफूूहरुले सहयोग संकलन गरेको रकम हाल सम्म १६०० बिधार्थीमाझ पुराई सकेको खत्रीले बताए ।

यात्रामा बिभिन्न क्षेत्रबाट प्राप्त गरेको रकम र आफूहरुले नेपालका स्थानिय उत्पादनहरु बिभिन्न स्थानमा स्टल राखेर बिक्रि गरेको ३० प्रतिशत रकमबाट शिक्षामा पहुँच नभएका बिद्यार्थीहरुलाई सहयोग गरेको खत्री र मिश्र बताउँछन् ।

आफूहरुले बिश्व साइकल तथा पैदल यात्रा २०६१ साउन १८ मा भक्तपुरको गठ्ठाघरबाट शुरु गर्दा १५ बर्षमा सक्ने तय गरेता पनि बिभिन्न क्षेत्रबाट सहयोग जुराउनु पर्ने र कोभिडका कारण यात्राको समय लम्बियएको उनीहरु बताउँछन् ।

अब साईकलबाट मात्र यात्रा गर्दा बिश्व यात्र ३ बर्षम सकिने भएता पनि पैदल यात्रा समेत हुने भएकाले अबको पाँच बर्षमा आफूहरुले बिश्व यात्र सक्ने खत्री र मिश्र बताउँछन् ।

सरकारले निशुल्क शिक्षा, स्वास्थ्य र क्षमता अनुसारको रोजगारीको ब्यवस्था हाम्रो देशमा कल्पना मात्र भएको बताउँदै खत्री भन्छन् आफूहरुले पछिल्लो समय सर्लाही चन्द्रपुर नगरपालिक दुईको बबरगंज रहेको श्री सामुदायीक बिद्यालयमा पुराएको सहयोग हाल सम्मकै अन्तरमनको पाटो खुशि भएको छ ।

यस बिद्यालयको अवस्था नियाल्दै सहयोग संकलन पश्चात त्यस स्थानमा बिद्यालय भवन निमार्ण गरिदिने योजना रहेको मिश्र बताउँछन् ।

यात्रा क्रममा भिजाको समस्या, भाषागत समस्या नेपालीहरु नभएको स्थानमा बिशेषत खाना बस्नुको समस्या बिशेषत द्धन्द्धग्रस्त देशहरुमा हुने लुटपाटको समस्या, स्वास्थ्य उपचार लगाएतकै समस्याहरु रहेता पनि यात्रा तय आफ्नो उदेश्य भएकाले समस्याहरु सहजै हल गर्नु पर्दछ ।

आफ्नो देशको झण्डा फहराएर बिदेशका सडकहरु छिचोल्दा छुट्टै आनन्दको महशुस हुने खत्री र मिश्र बताउँछन् ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार

Comments

comments

Share.
Loading...

Comments