अर्धशतक बनाएर आउट भए आरिफ शेख

0

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिमा खेलमा युएईले दिएको ३११ रनको जितको लक्ष्य पछ्याएको नेपालले सम्हालिएर प्रदर्शन गरिरहेको छ। नेपालका लागि मध्यक्रमका ब्याटर आरिफ शेख अर्धशतक बनाएर आउट भएका छन्।

उनी ६२ बलमा ५२ रन बनाएर आउट भए। युएईविरुद्धको अन्तिम खेलमा अर्शतक पूरा गर्ने आरिफ तेस्रो खेलाडी हुन्। यसअघि भिम सार्की ६७ रनको अर्धशतकीय इनिङ खेलेर आउट हुँदा त्यसअघि कुशल भुर्तेलले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए।

तीन खेलाडीको अर्धशतकसँगै नेपाल युएईले दिएको विशाल स्कोर पछ्याइरहेको छ। नेपालले ३९ ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएको छ। अब नेपाललाई जितका लागि ११ ओभरमा ८६ रन आवश्यक रहेको छ।

प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments