यूएईविरुद्ध नेपालका आरिफ शेखले पनि पुर्‍याए अर्धशतक

0

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत यूएईसँगको खेलमा आरिफ शेखले अर्धशतक बनाएका छन् । उनले ५९ बलमा ५० रन हानेका हुन् । यसअघि कुशल भुर्तेल र भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।

यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ । सार्कीले ६० बलमा ५० रन हानेका थिए भने कुशल भुर्तेल ५० रन बनाएर आउट भएका थिए ।

नेपालले ९८ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । भीम सार्कीले ६० बलमा ५० रन हानेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ३९ ओभरकाे खेल सकिँदा ५ विकेट गुमाएर २२५ रन बनाएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments