‘ए’ डिभिजन लिगको खेलतालिका सार्वजनिक

0

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणसम्मको मात्र खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रममार्फत लिगको पाँचौँ चरणसम्मको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार पाँचौँ चरणसम्मका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा हुनेछ । लिगको उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा यसपटक दुई नवप्रवेशी खुमलटार युथ क्लब र चर्च ब्वाइज युनाइटेडसहित त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा, एनआरटी, फ्रेन्ड्स क्लब र साविक विजेता मछिन्द्र क्लब उपाधिका लागि प्रतिस्पर्धामा छन् ।

यसअघि, आजै साविक विजेता मछिन्द्रले लिगको उपाधि एन्फालाई हस्तान्तरण गरेको थियो । डबल राउन्ड रोविन पद्दतिमा हुने लिग फागुन १९ गतेदेखि सुरु हुनेछ ।

प्रकाशित मितिः २०७९ माघ ०६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments