पश्चिम राप्तीमा भारी वर्षा, होचा स्थानमा डुबानको सम्भावना

0

काठमाडौें । पछिल्लो ६ घण्टादेखि पश्चिम राप्ती जलाधारको ढकेरी नौबस्ता, खजुरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

यी क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले मानखोला, डुडुवाखोला र बाँके भएर बहने राप्तीसहित साना नदी तटीय क्षेत्र र होचा स्थानमा डुबान हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले साँझसम्म सुरक्षित रहन आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments