तीन दिनदेखि अवरुद्ध मेची राजमार्ग एकतर्फी सञ्चालनमा

0

पाँचथर । अविरल वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मेची राजमार्गको पाँचथर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो डोजर लगाएर पन्छाइएसँगै एकतर्फी सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएपछि ताप्लेजुङदेखि इलामको रक्सेस्थित देउरालीसम्म सवारी र ढुवानीका साधन सञ्चालन भएका छन् । देउरालीमा गएको पहिरो पन्छाउन पनि पाँचथर र इलामका डोजर प्रयोग गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । सडक सञ्चालनमा आएपछि ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा तथा इलाम र झापाबाट पाँचथर तथा ताप्लेजुङ जाने यात्रुसँगै पाथीभरा मन्दिर दर्शनमा हिँडेकाहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

सडक पन्छाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न स्थानीय तह र निर्माण कम्पनीका डोजर प्रयोग गरिएको थियो । मेची राजमार्गमा गएको सयभन्दा धेरै ठाउँमा गएको पहिरो पन्छाउन १० वटा डोजर परिचालन गरिएको प्रमुख जिल्ला ढकाल बताउँछन् ।

प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार

Comments

comments

Share.
Loading...

Comments