काठमाडौं, २८ फागुन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।
यस अघि २ गीत सार्वजनिक भैसकेको यस फिल्मको ट्रेलरमा समावेश लोकेशन, छायांकन उत्कृष्ट देखिएको छ भने ट्रेलर हेर्दा फिल्म रोमान्स, प्रेम, विछोडको त्रिकोणीय कथा रहेको बुझ्न सकिन्छ ।
ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेताद्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको त्रिकोणीय प्रेम देखाइएको छ । कलाकार शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो ।
फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।
विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ । ट्रेलरमा साम्राज्ञी कसकी हुन्छिन् त्यो भने सस्पेन्समा राखिएको छ । नाजिर कमेडी शैलीमा देखिएका छन् ।
फिल्म चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुहोस् :-
Comments