काभ्रे केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

भक्तपुर न्यूज

५ चैत २०७७ ५:४८

काभ्रे केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ । काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका स्थित सिसाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

बिहान १०ः०५ बजे गएको भूकम्प ४.१ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काभ्रे र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ ।

प्रकाशित मितिः २०७७ चैत्र ५ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय