पछिल्लो २४ घण्टामा थपिए ७ सय ४३ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

८ पुष २०७७ १०:५६

पछिल्लो २४ घण्टामा थपिए ७ सय ४३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७सय ४० पुगेको छ।

आइतबार थप ५जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय ९ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ पौष ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय