भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

भक्तपुर न्यूज

१६ असोज २०७७ ६:४७

भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

भक्तपुर । कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका थप एक महिलाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–८ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणबाट भक्तपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक महिलामा असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको एक अस्पतालमा उपचार गराई राखेकी उनको स्वास्थ्यमा जटिल समस्या आएपछि आइसियु नभएपछि भक्तपुर अस्पतालमा ११ गते रिफर गरिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

यसैगरी, भक्तपुर अस्पतालमै उपचारत कोरोना संक्रमित सप्तरी घर भई हाल भक्तपुरको व्यासीमा बस्ने ४७ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको थियो । उनमा ज्वरो आएर श्वासप्रश्वासमा समस्या आएपछि असोज १२ गते उपचारमा आएका उनको बिहिबार दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मे।सु। डा। गौतमले जानकारी दिइन् ।

अस्पताल आउने क्रममा उनमा खोकी र निमोनिया समेत भएकाले पीसीआर परिक्षण गर्दा कोरोना देखिएको र लगत्तै आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः २०७७ असोज १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय