पछिल्लो २४ घन्टामा थपिए १५५९ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

१४ असोज २०७७ १०:४५

पछिल्लो २४ घन्टामा थपिए १५५९ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर १५५९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २०५ नमुना जाँचमध्ये १५५९ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टामा १०५७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ असोज १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय