आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा स्टिम एजुकेशन सम्मेलन गरी मनाईंदै

भक्तपुर न्यूज

३० भदौ २०७७ ४:०४

आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा स्टिम एजुकेशन सम्मेलन गरी मनाईंदै

काठमाडौं ।  राष्ट्रिय विज्ञान दिवसको अवसरमा नेपालमै पहिलो पटक स्टिम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित शिक्षा) सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्टिम फाउण्डेसन नेपालको आयोजना तथा कारखाना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सह आयोजनामा भदौ ३० गते पहिलो राष्ट्रिय स्टिम एजुकेशन सम्मेलन हुने भएको हो ।

भर्चुअल रुपमा आयोजना हुने यो राष्ट्रिय सम्मेलन आज अर्थात मङ्गलबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । यस सम्मेलनमा स्टिम क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको प्रस्तुती सहित प्यानल डिस्कसन समेत हुनेछ । कार्यक्रमको लाईभ कारखानाको फेसबुक पेजबाट समेत हेर्न सकिने छ ।

यस सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल प्रमुख अतिथीको रुपमा सहभागी हुनेछन् । त्यस्तै सम्मेलनमा की नोट स्पीकरको रुपमा लेट्स टक क्यानाडाका संस्थापक डा. बोनी स्मिद र टफट्स विश्वविद्यालय अमेरिकाको स्टिम निर्देशक एन्ड्रयु इज्साक रहेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, काठमाडौं विश्वविद्यायलयका स्टिम प्रमुख प्राध्यापक डा बालचन्द्र लुइटेल, मन्त्रालयका प्रवक्ता दीपक शर्मा, सीईएचआरडीका प्रमुख डा तुल्सि थपलिया, नाष्टका प्रवक्ता डा. रविन्द्र ढकाल, एन प्याब्सनका अध्यक्ष ऋतु सापकोटा, प्याब्सनका सह अध्यक्ष डीके ढुङ्गाना प्यानल डिस्कसनमा वक्ताको रुपमा रहेका छन् ।

यस्तो छ कार्यक्रमको तालिका

प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *