कुन जिल्लामा कति संक्रमित (विवरणसहित)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
नयाँ थपिएका संक्रमित मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका २ जना, झापाका १४ जना, पाँचथरका एकजना, मोरङका १२ जना, सुनसरीका ५६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका एकजना, पर्साका २ जना, बाराका ११ जना, महोत्तरीका २ जना, रौतहटका ५ जना, सप्तरीका एकजना, सर्लाहीका १९ जनामा कोरोना पुष्टि भएको छ ।
डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३९३ जना, काभ्रेका ८ जना, चितवनका ४५ जना, दोलखाका ११ जना, धादिङका ११ जना, नुवाकोटका २ जना, भक्तपुरका ३० जना, मकवानपुरका ६ जना, रसुवाका एकजना, रामेछापका २ जना, ललितपुरका ५८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका ८ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका १५ जना,पर्वतका एकजना, लमजुङका ३२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १३ जना, दाङका १३ जना, नवलपरासीका ४ जना, पाल्पाका एकजना, प्युठानका एकजना,बर्दियाका ७ जना, बाँकेका ३३ , रुकुम पूर्वका एकजना र रुपन्देहीका ९१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, दैलेखका २ जना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १३ जना, कंचनपुरका ४ जना, कैलालीका २० जना, डडेल्धुरका २ जना, डोटीका २४, बझाङका ४० जना र बैतडीका १२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७७ भदौ १६ मंगलबार
