भक्तपुरका ४ सहित काठमाडाैं उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ९२ , ललितपुरमा १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १४ जना र ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका ३ जना , काठमाडौंका ३९ जना र भक्तपुरका २ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना भक्तपुरका १ जना र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ । वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ७ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जना संक्रमण पुष्टि भएको हो। यसैगरि ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै सुर्य हेल्थ केयर काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल-कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार