पछिल्लो २४ घण्टामा थपिए ४६४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुग्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ ।
शुक्रबारसम्म १० हजार २ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ३ सय ३० जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख २७ हजार ९२६ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
आज प्रदेश १ मा ४२५ , प्रदेश २ मा २८३९ र बागमती प्रदेशमा ९४३ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गण्डकी प्रदेशमा २७६ जना, प्रदेश ५ मा ३७६ जना, कर्णाली प्रदेशमा २३१ जना र सुदूरपश्चिममा १,२४० जना सक्रिय संक्रमित भएको गौतमले बताए।
प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार