कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु
काठमाडौं । एक कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । सिराहाको गोलबजार १२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते ९हिजो० कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालबाट बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । उनी विगत २ वर्षदेखि मृगौलाको उपचार गराउँदै आएका थिए । उनको सातामा दुईपटक डायलाइसिस हुने गरेको थियो । संक्रमित पुरुषको डायलाइसिसकै क्रममा राति मृत्यु भएको सापकोटाले बताए ।
प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ १५:२०
आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीको अवरोध
१० वैशाख २०८२ ७:३२