भक्तपुरका १ सहित काठमाडाैं उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

२२ साउन २०७७ ११:१७

भक्तपुरका १ सहित काठमाडाैं उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा। गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २५ जनामा कोरोना पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका २ जना , काठमाडौंका १५ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडामा गरिएको परीक्षणमा काठमाडौँका १ जना ,वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरि ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ९ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो। वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *