पछिल्लो २४ घण्टामा थपिए ३६० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुग्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।
बिहिबारसम्म ९ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार २ सय ९६ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख १९ हजार ५७५ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
आज प्रदेश १ मा ३५८ , प्रदेश २ मा २,६९३ र बागमती प्रदेशमा ८३५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गण्डकी प्रदेशमा २८० जना, प्रदेश ५ मा ३७७ जना, कर्णाली प्रदेशमा २६३ जना र सुदूरपश्चिममा १,४९० जना सक्रिय संक्रमित भएको गौतमले बताए।
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार