बोडेमा सुरु भएको नीलबाराही नाच शनिवार समापन हुने

भक्तपुर न्यूज

२२ साउन २०७७ ७:४८

बोडेमा सुरु भएको नीलबाराही नाच शनिवार समापन हुने

भक्तपुर । मध्यपुर थिमिको बोडे नगरमा ऐतिहासिक नीलबाराही नाच सुरु भएको छ। गुंलागा द्वितियादेखि सुरु भएको नाच गुंलागा पञ्चमीसम्म नचाइनेछ।

बोडेको नारायणथान लाछीबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्ने परम्परा छ।

तान्त्रिक नियममा बाँधिएर संचालन हुने यो नाचमा एक भैरव, चार बाराही, चार कुमारी, चार गणेश र दुई द्वारपाल गरी १९ जना देवगणको समूह हुन्छ। चारदिनसम्म बोडेका नगरभर धास् बाजाको तालमा भुस्याः, काँय र पोङा बजाएर यो नाच नचाउने परम्परा रहको छ।

एकपटक देवगण बनेपछि उसको मृत्यु नभएसम्म उनको ठाउँमा अर्को व्यक्ति देवगण बन्न पाउँदैन। केही कारणवश देवगणले नाच प्रस्तुत गर्न नसकेमा ख्वापाको पूजा गर्ने गरिन्छ।

नीलबाराही देवीले मनुष्यको रुपमा बोडेमा बस्ने धों थरका एक व्यक्तिलाई जंगलमा लगेर चार दिनसम्म गोप्य तरिकाले नाचको विधिबारे प्रशिक्षण दिएदेखि यो नाच संचालन भएको किंवदन्ती छ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *