काठमाडाैं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार काठमाडौँमा ५७ जना तथा ललितपुरमा ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २७ जनामा कोरोना पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ जना र काठमाडौंका १४ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका २ र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो। नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मितिः २०७७ साउन २१ बुधबार