पछिल्लो २४ घण्टामा थपिए ३८१ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुग्यो

भक्तपुर न्यूज

२१ साउन २०७७ ११:११

पछिल्लो २४ घण्टामा थपिए ३८१ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० जना  पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ ।

बुधबारसम्म ९ हजार ९ सय २५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ६ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख १२ हजार ९५३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

आज प्रदेश १ मा ३१२ , प्रदेश २ मा २,६२२ र बागमती प्रदेशमा ७८५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णाली प्रदेशमा २९२ जना र सुदूरपश्चिममा १५५१ जना सक्रिय संक्रमित भएको गौतमले बताए।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *