पछिल्लो २४ घण्टामा थप ३ सय ५८ जना संक्रमणमुक्त भई डिस्चार्ज
काठमाडौैं । पछिल्लो २४ घन्टामा थप ३ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १४ हजार ९ सय ६१ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा ७ हजार १ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। हाल १० हजार ४ सय ५२ जना हाल क्वारेन्टाइनमा छन् । आइसोलेसनमा ५ हजार ७ सय ३२ जना रहेका छन्। भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ गरी ४ जिल्लामा संक्रमित शून्य भएका छन्।
आजसम्ममा प्रदेश १ बाट ८७५ , प्रदेश २ बाट ३ हजार १ सय ७६ र बागमती प्रदेशबाट ५ सय ४३ जना कोरोना मुक्त भएका छन्। यस्तै गण्डकी प्रदेशबाट एक हजार ३३० जना, प्रदेश ५ बाट ४ हजार ६६ जना, कर्णाली प्रदेशबाट १ हजार ७ सय २३ जना र सुदूरपश्चिमबाट ३ हजार २ सय ४८ जना कोरोनामुक्त भएको गौतमले बताए।
कुल कोरोना निको हुनेको संख्या ७२ दशमलव १ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
प्रकाशित मितिः २०७७ साउन १९ सोमबार