विश्वमा पछिल्ला तीनदिन यता कोरोना संक्रमणदर घट्दै

भक्तपुर न्यूज

१९ साउन २०७७ १:२४

विश्वमा पछिल्ला तीनदिन यता कोरोना संक्रमणदर घट्दै

काठमाडौं। विश्वमा पछिल्ला तीनदिन यता कोरोना संक्रमणदर घट्दै गएको पाइएको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार तीनदिन यता लगातार संक्रमित घटिरहेका छन्।

१६ साउनमा दुई लाख ८९ हजार ३२८ जना संक्रमित थपिएकामा त्यसको भोलिपल्ट १७ साउनमा दुई लाख ५५ हजार ८११ जना संक्रमित थपिएका थिए। र, पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख १२ हजार ५१७ जना संक्रमित थपिएका छन्।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८२ लाख २१ हजार २१५ पुगेको छ। संक्रमितमध्ये एक करोड १४ लाख ३९ हजार १८९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ६० लाख ८९ हजार ६४२ सक्रिय संक्रमित छन्। ६५ हजार ८०२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ९२ हजार ३८४ जनाको मृत्यु भएको छ।

प्रकाशित मितिः २०७७ साउन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *