नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

भक्तपुर न्यूज

१८ साउन २०७७ ११:२९

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

काठमाडौं । नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ  ।

मन्त्रालयका अनुसार नेपालमा आज थप एक जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *