पछिल्लो २४ घण्टामा थप १११ जना संक्रमणमुक्त भई डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। हाल १० हजार ९ सय ३४ जना हाल क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ५ हजार ६ सय ७२ जना रहेका छन्। भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।
आजसम्ममा प्रदेश १ बाट ८५८ , प्रदेश २ बाट तीन हजार १ सय ६४ र बागमती प्रदेशबाट ५ सय ३४ जना कोरोना मुक्त भएका छन्। यस्तै गण्डकी प्रदेशबाट एक हजार ३०६ जना, प्रदेश ५ बाट तीन हजार ९ सय ७३ जना, कर्णाली प्रदेशबाट एक हजार ७ सय २२ जना र सुदूरपश्चिमबाट ३ हजार ४६ जना कोरोनामुक्त भएको गौतमले बताए।
कुल कोरोना निको हुनेको संख्या ७१ दशमलव ८ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार