भक्तपुरका १ सहित काठमाडौँ उपत्यकामा थपिए १५ कोरोना संक्रमित
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण भाइरस पुष्टि भएको छ ।
काठमाडौंमा १४ जना र भक्तपुरमा एक जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बुधबार) को नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र भक्तपुरका एक जनामा कोरोना देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जना संक्रमित थपिएका उनले जानकारी दिए ।
त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
आज (बुधबार) देशैभर कोरोना संक्रमण पुष्टि भएका २१० जनामध्ये १५ जना काठमाडौं उपत्यकाको भएको मन्त्रालयले जनाएको छ । उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन् । कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ साउन १४ बुधबार