भक्तपुरका १ सहित काठमाडौँ उपत्यकामा थपिए ५३ कोरोना संक्रमित
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्याकामा थप ५३ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँका ४८, ललितपुरमा ४ र भक्तपुरमा १ कोरोना संक्रमित थपिएका हुन्।
नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २१, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ९, स्टार अस्पताल सानेपा ललितपुरमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामामा ११, त्रिवि शिक्षण अस्पतालमा १ गरी काठमाडौँका ४८ जनाका कोरोना पुष्टि भएको हो।
त्यस्तै स्टार अस्पतालमा ललितपुरका २, शुक्रराजमा १ र पाटन अस्पतालमा १ गरी ललितपुरका ४ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो।
प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार