काठमाडौँ उपत्यकामा थपिए ६ कोरोना संक्रमित

भक्तपुर न्यूज

१२ साउन २०७७ ११:०१

काठमाडौँ उपत्यकामा थपिए ६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ललितपुरका ३, काठमाडौँका ३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा ललितपुरका ३, त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका १, स्टार अस्पताल सानेपा ललितपुरमा काठमाडौँका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

प्रकाशित मितिः २०७७ साउन १२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *