नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १८ हजार ४५२ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १८ हजार ४५२ पुगेको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। हाल देशका विभिन्न क्वारेन्टिनमा १६ हजार ३७९ व्यक्ति बसिरहेका छन्।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ। आज ३ हजार ३३० जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। आज कोहि पनि रेड जोनमा परेका छैनन् । रेड जोनमा पर्नेको संख्या ५३१ पुगेको छ ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ३,३०० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३४२,४५७ रहेको छ।
प्रकाशित मितिः २०७७ साउन १२ सोमबार