यस साउन महिनामा पाँच वटा सोमबार परेको विशेष महिना
काठमाडौं । आराध्य देव पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि विगत चार महिनादेखि बन्द छ । कोरोनाका कारण मन्दिर बन्द हुँदा साउनको दोस्रो सोमबार पनि भक्तजन मन्दिरको ढोका बाहिरबाटै दर्शन गरिरहेका छन् । सरकारले धेरै भीड हुने कार्यालयमा लकडाउन जारी राखेकाले यसपटक पशुपतीक्षेत्रमा साउने सोमबारी मनाउने तथा बोलबमका लागि आउने श्रृद्धालु आउन सकेका छैनन ।
साउनको पहिलो सोमबारमा समेत हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरे तर मूल मन्दिरको गेट भने खुलाइएन् ।
साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।
प्रकाशित मितिः २०७७ साउन १२ सोमबार