काठमाडौंमा थपिए कोरोनाका आठ नयाँ संक्रमित

भक्तपुर न्यूज

११ साउन २०७७ ११:०८

काठमाडौंमा थपिए कोरोनाका आठ नयाँ संक्रमित

काठमाडौं । काठमाडौं जिल्लाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको मिडिया ब्रिफिङमा डा जागेश्वर गौतमले विभिन्न तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका आठ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका तीन जना र स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः २०७७ साउन ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *