नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३३ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

९ साउन २०७७ १०:५०

नेपालमा पछिल्लो २४ घण्टामा  थपिए १३३ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। हाल देशका विभिन्न क्वारेन्टिनमा १९ हजार ४४४ व्यक्ति बसिरहेका छन्।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ। आज ३ हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। आज काभ्रेपलान्चोकका एकजना रेड जोनमा परेका छन् । योसंगै रेड जोनमा पर्नेको संख्या ५३१ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *