विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगे

भक्तपुर न्यूज

९ साउन २०७७ ३:०६

विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगे

काठमाडौं । विश्वभर  एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३५ हजार ६६६ पुगेको छ ।शुक्रबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९५ लाख २८ हजार ४३३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५०७ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार १५ जना संक्रमित भएकोमा १६ लाख ३६ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ३ हजार ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४८ लाख ७८ हजार ३०५ पुगेको छ । त्यसमध्ये २४ लाख २१ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८५ हजार ९३९ जनाको मृत्यु भएको छ । ३६ लाख ७५ हजार १०८ जना संक्रमित भएकोमा २६ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २९ हजार १३२ जनाको मृत्यु भएको छ । ३५ लाख ४३ हजार ५९१ जना संक्रमित भएकोमा २३ लाख ७८ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ७५६ जनाको ज्यान गएको छ भने ७ लाख ९१ हजार ९६८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ४९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५५ जनाको मृत्यु भएको छ । १४ हजार ९९८ जना संक्रमित भएकोमा १० हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः २०७७ साउन ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *