भक्तपुरमा दुईजनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर न्यूज

८ साउन २०७७ ११:५३

भक्तपुरमा दुईजनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर । भक्तपुरमा आज दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

चाँगु नारायण नगरपालिका का ४८ बर्षिय पुरुष र चाँगुनारायण नगरपालिका ७ का ३५ बर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजाले बताए । उनले भने ४८ बर्षिय पुरुष कतारबाट आएका र ३५ बर्षिय पुरुष नेपाल प्रहरी रहेको र उनी हाल काठमाडौं नक्सालमा कार्यरत थिए । यो संगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *