भक्तपुरमा फरार अभियुक्तहरु धमाधम पक्रँदै
भक्तपुर । अदालतले सजाय तोकेको तर फरार रहेको अभियुक्तहरुलाई भक्तपुरमा पक्रर्ने क्रम जारी रहेको छ ।
भक्तपुरमा पछिल्लो १५ दिनमा अदालतले सजाय तोकी फरार रहेका ५ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतले सजाय तोकेको तर फरार रहेका बैकिङ कसुर अन्र्तगत दुई जना, चोरी मद्दामा दुई जना र बहुबिवाह मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारा देवी थापाले जानकारी दिईन् ।
अदालतले सजाय तोेकेका तर फरार रहेका अभियुक्तहरुको खोजी कार्यलाई तिव्रता दिएको उनले बताईन् ।
बैकिङ कसुरमा फरार रहेका भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ बासु टोल बस्ने भुपेन्द्र गोराजुलाई असार २३ गते र सुर्यबिनायक नगरपालिका वडा नं. ५ सल्लाघारी बस्ने मधुराम प्रधानाङलाई साउन ५ गते पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
त्यस्तै, प्रहरी परिसरका अनुसार चोरी मुद्दामा फरार रहेका भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायक बस्ने सुमन भन्ने एकादशी प्याठलाई साउन ५ गते र काभ्रे नाग्रेगर्चे गा.वि.स.वडा नं. ९ घर भई हाल भक्तपुर नगरपालिका वडा नं.२ बस्ने राम बहादुर भन्ने कृष्ण बहादुर प्रधानलाई साउन ६ गते पक्राउ गरिएको छ ।
यसैगरि बहुबिवाह मद्दामा भक्तपुर नगरपालिका वडा नं. ९ तौलाछें बस्ने सबिन प्रजापतिलाई साउन ६ गते पक्राउ गरि कारवाहिका लागि अदालतमा उपस्थित गराईएको प्रहरी परिसरले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार